२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव असारमा

धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुने भएको छ। चलचित्र विकास बोर्डको आयोजनामा धनगढीमा असार ७ देखि दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुने भएको हो।

बालबालिकालाई आफ्नो कथा भन्ने र हेर्र्ने वातावरण तयार गर्न तथा सिने साक्षरता बढाउन धनगढीमा बाल चलचित्र महोत्सव हुन लागेको चलचित्र विकास बोर्डका सदस्य तथा राष्ट्रिय बाल चलचत्रि महोत्सवका संयोजक केएल बुढाथोकीले बताए।

धनगढीका पत्रकारसँग कुराकानी गर्दै संयोजक बुढाथोकीले भने, ‘महोत्सवले बालबालिकालाई सिनेमामार्फत उनीहरूको सोच, विचार, व्यवहार, भावना र धारणामा परिष्कार ल्याउनुका साथै उनीहरूको मनोरञ्जनको अधिकार प्रवद्र्धनमा टेवा पुग्ने छ।’

महोत्सवमा बाल चलचित्र प्रदर्शन, मेरो कथा मेरो चलचित्र कार्यशाला गोष्ठी गरिने बताइएको छ। यस्तै बोर्डका अध्यक्ष तथा सिने जगतका सुपरस्टार भुवन केसी आउने कार्यक्रममा बालबालिकासँग भुवन केसी संवाद कार्यक्रम, चलचित्रमा बालबालिकाका कथा अन्तरक्रिया कार्यक्रम र फोटो तथा पुस्तक प्रदर्शनी गरिने कार्यक्रम संयोजक बुढाथोकीले बताए।

महोत्सवमा बालबालिका तथा बयस्कहरूले निर्माण गरेका बाल चलचित्रहरूको प्रदर्शनी तथा प्रतिस्पर्धा गरिनुका साथै स्थानीय कला संस्कृति झल्कने झाँकी, सांस्कृतिक कार्यक्रम तथा सांगीतिक प्रस्तुति पनि गरिने भएको छ।

प्रकाशित: २३ जेष्ठ २०८१ ०७:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App