२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

यार्सा टिप्न गएका दुई जनाकाे लेक लागेर मृत्यु

मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न गएका दुई पुरुषको लेक लागेर ज्यान गएको छ। मृत्यु हुनेमा मुगुको छायाँनाथ रारा नगरपालिका–१२ शोभा गाउँका २९ वर्षीय मुनबहादुर बुढा र कम्फा गाउँका २१ वर्षीय सोबान बुढाको यार्सा टिप्न ठूलो काइकी पाटन क्षेत्रमा जाँदा लेक लागेर शुक्रबार राति मृत्यु भएको मुगुम कार्मारोङ गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बलीराज बुढाले बताए।

दुई जना ठूलो कोइकीमा लेक लागेर सिकिस्त बिरामी परेको र सुरक्षाकर्मी र अन्य यार्चा संकलकहरूले उद्धार गरी तल मुगु गाउँतर्फ ल्याउँदै गर्दा बाटामै ज्यान उनले बताए। यो पटक मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न जाँदा तीन जना यार्सा संकलकको मृत्यु भइसकेको छ। पाटन क्षेत्रमा अक्सिजन अभावले लेक लाग्ने र ज्यान जाने चिकित्सकको भनाइ छ।

विशेष गरेर दम, मुटु रोगी, श्वासप्रश्वाससम्बन्धी रोगको समस्याले ग्रस्तलाई यार्चा टिप्न जाँदा लेक लाग्ने बढी सम्भावना हुने चिकित्सकहरू बताउँछन्। लेक लागेर बिरामी हुनेबित्तिकै केही घण्टाभित्रै बिरामीलाई बेंसीतर्फ ल्याउँदा ज्यानै जाने जोखिम कम हुने उनीहरू बताउँछन्।

प्रकाशित: १९ जेष्ठ २०८१ १३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App