२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

सुर्खेत बस दुर्घटना: मृतक दुईको पहिचान खुल्यो (अपडेट)

सुर्खेतको वीरेन्द्रनगरमा सोमबार दिउँसो भएको मिनी बस दुर्घटनामा ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) रुपेश खड्काका अनुसार मृत्यु हुनेहरूमा डुंगेश्वर गाउँपालिका –६ दैलेखका २२ वर्षीय भिमसेन राना र भुरीगाउँ बर्दियाका ७० वर्षीय शेर बहादुर खड्का रहेका छन्। दुवैको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा परि घाइते हुनेहरूको संख्या २१ रहेको छ। घटन लगत्तै घाइतेहरूको उद्धार गरी उपचारका लागि पठाइएको थियो। घाइतेहरू मध्य १९ जनाको कर्णाली केयर ईन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको छ। अन्य दुई जनाको सुर्खेत र प्रदेश अस्पतालमा उपचार जारी छ। घाइतेहरू मध्य एक जनाको अवस्था भने गम्भीर रहेको एसपी खड्काले जानकारी दिए। 

दैलेखको दुल्लु नगरपालिकाबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनी बस वीरेन्द्रनगर –१४ स्थित कटकुवा नजिकै सोमबार साढे १ बजेतिर दुर्घटना भएको थियो।

ओरालो सडक र मोडमा गति नियन्त्रण हुन नसक्दा  दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको कर्णाली प्रदेशका ट्राफिक प्रमुख राम प्रकाश शाहले बताए।

प्रकाशित: ७ जेष्ठ २०८१ १६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App