२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

गोलीप्रहार गरी दुई जना लागूऔषध कारोबारी पक्राउ

लागूऔषध कारोबारी गर्ने समूहका दुईजनालाई प्रहरीले विहीबार साँझ सुनसरी रामधुनीबाट गोली प्रहार गरि पक्राउ गरेको छ।

रामधुनी वडा नं. ६ स्थित इचौलबाट प्रहरीले गोलीप्रहार गरि सप्तरीको सप्तकोसी नगरपालिका वडा नं. ५ का ३५ वर्षीय श्याम सुन्दर खान र इटहरी वडा नं. ५ का ४० वर्षीय श्याम प्रसाद निरौलालाई नियन्त्रणमा लिएको हो। 

खानको घुडामुनी गोली लागेको छ भने अवस्था सामान्य रहेको छ। उनको इटहरीको सान्वी सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

‘लागूऔषध कारोबारी रहेको सूचनाआएर प्रहरी टोलीपुग्यो, प्रहरीलाई बल प्रयोग गरि लडाएर भाग्न खोजेपछि एक राउण्ड गोलीप्रहार गरि पक्राउगरिएको हो,’जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी एवम् सूचना अधिकारी नवीनकृष्ण भण्डारीले भने।  

डिएसपी भण्डारीका अनुसार पक्राउ पर्नेका साथबाट २ सय १० ग्राम७ सय ३० मिलिग्राम प्रतिबन्धित लागु औषध खैरो हेरोइन समेत बरामद गरिएको छ। 

लागू औषध नियन्त्रण ब्युरो काठमाडौँबाट खटिएको टोली र इलाका प्रहरी कार्यालय पलकीको टोलीले तीदुई कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको हो।

प्रकाशित: ४ जेष्ठ २०८१ १३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App