२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

चार सय ४० किलो गाँजासहित तीन पक्राउ

चार सय ४० किलो गाँजासहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

बुधबार राति सुनसरीकाे देवानगञ्ज वडा नं-५ बाट को १ ख ७१२३ नम्बरको मिनी ट्रकमा भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको गाँजासहित तीन जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर भिमफेदी नगरपालिका वडा नं-१४ का २५ वर्षिय चन्द्रबहादुर पाख्रिन, मोरङ लेटाङ वडा नं-६ का बहादुर लिम्बु र सुनसरी देवानगञ्ज वडा नं-४ का ३० वर्षिय अरविन्द पाल रहेका छन्।

देवानगञ्ज वडा नं-५ मेहता टोलमा लागू औषध गाँजा ओसारपसार हुँदै छ भन्ने विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय साहेबगञ्जबाट खटिएकाे टाेलीले गाँजा फेला परेको थियाे।

प्रहरी टोलीले मिनी ट्रकलाई चेक जाँच गर्दा ट्रकको चालक बस्ने सिट पछाडि बन्द बाक्समा फल्स बटम भित्र १३ वटा बोरामा प्याक गरी राखिएको गाँजा बरामद गरिएको हो।

लागू औषध प्रयोगकर्ताको हिसाबले काठमाडौंपछि सुनसरी देशकै दोस्रो ठूलो जिल्लामा पर्छ। सुनसरीमा ६२ किलोमिटर खुल्ला सीमावर्ती क्षेत्रबाट पनि लागू औषध नेपाल भित्र्याउन सहज छ।

यसैबीच, भोक्राहा नरसिंह वडा नं-६ बाट खैरो हिराेइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

को ४० प २४ नं. मोटरसाइकललाई चेकजाँच गर्दा इनरुवा वडा नं-६ का ३१ वर्षिय सुजन घिमिरे र सोही मोटरसाइकलमा सवार इनरुवा वडा नं-६ कै २२ वर्षिय महेश खत्रीलाई २.९८ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ।

प्रकाशित: २ जेष्ठ २०८१ २१:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App