२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

मेची राजमार्ग बन्दले जनजीवन प्रभावित

मेची राजमार्गमा गरिएको यातायात बन्दले जनजीवन प्रभावित बनेको छ। बन्दका कारण राजमार्गमा लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन्।

बन्दले इलाम, पाँचथर, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित बनेको हो। ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबुलकार बनाउन जंगल फँडानी गरिएको विषयलाई लिएर विभिन्न संगठन र समूहले बन्द आह्वान गरेका हुन्।

त्यस क्षेत्रमा याक्थुङ लिम्बूसहित आम मानिसको ‘आस्थाको केन्द्र’मा जबर्जस्त रूपमा रुख फँडानी गरी केबुलकार बनाउन लागिएको बन्दकर्ताले जनाएका छन्।

उनीहरूले मेची राजमार्गसहित तमोर करिडोर र ताप्लेजुङ क्षेत्रमा आज र भोलि (बुधबार र बिहीबार) बन्द आह्वान गरेका हुन्।

प्रकाशित: २ जेष्ठ २०८१ ०७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App