२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

दाङ दुई महिलाको हत्या, एक पक्राउ

दाङमा दुई महिलाको हत्या भएको छ। घोराही उपमहानगरपालिका-१० पहेलपार स्थित एक घरमा बस्दै आएका दुई महिलाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहेलपार स्थित जुपली बुढाको घरमा बुढा सहित सुर्खेतकी ४४ बर्षिया संगिता सुनारको हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए। प्रहरीका अनुसार उनीहरूको घरको भान्सा कोठामा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

यी दुई महिलाको घोराही चौघेरा बस्दै आएका ५७ वर्षीय टेकबहादुर घर्तीले हत्या गरेको एसपी केसीले जानकारी दिए। रा १ ह ३७७९ नम्बरको अटो चालक रहेका घर्ती थवाङ गाउँपालिका-२ का हुन्। उनी चौघेरमा बसेर अटो चलाउँदै आएको प्रहरीले जनाएको छ।

हत्या गर्ने घर्तीलाई प्रहरीले घोराही १० सौँडिकुलाबाट नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार दुवै महिलाको टाउकोमा बन्चरो प्रहार गरि हत्या गरिएको छ।

‘टाउकोमा बन्चरो प्रहार गरेर हत्या गरिएको छ,’एसपी केसीले भने ‘दुवै जना घरको कोठामा मृत अवस्थामा फेला परेका थिए।’ 

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। घटनाको यकिन कारण खुली नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ वैशाख २०८१ २०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App