२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

बाँकेमा आगलागी हुँदा ३ घर र गोठ जले

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर-८ बालापुरमा बुधबार आगलागी भएको छ। आगलागीबाट ३ वटा घर र गोठ जलेका छन्।

स्थानीय चुनलाल थारु, कमला गिरी र तुलसा गिरीको गरी तीन वटा घर तथा गोठमा आगलागी भएको हो। आगलागीबाट एउटा भैँसी, ७ वटा भेडा, सुन, चाँदी, धान, गहुँ, मकै, लत्ताकपडा समेत जलेर नष्ट भएको सशस्त्र प्रहरीले जनाएको छ।

आगलागीबाट करिब २५/३० लाख रुपैयाँ बराबरको क्षति भएको पीडितले बताएका छन्। आगलागी भएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दा घटनास्थल पुगेका थिए।

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण सम्शेरगन्जबाट डिएसपी देवबहादुर बोहराको नेतृत्वमा १ सय ५ जना सुरक्षाकर्मी खटिएका थिए।  

सशस्त्र प्रहरीको उद्धार तालिम प्राप्त टोलीले फायर फाइटिङ उपकरण र दमकल सहित परिचालन भएर आगो नियन्त्रण गरेको डिएसपी बोहराले जानकारी दिए।

प्रकाशित: १९ वैशाख २०८१ १९:४२ बुधबार