२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

ललितपुरको आनन्द वनमा डढेलो फैलिँदै,नियन्त्रणको प्रयास जारी

फाइल तस्बिर

ललितपुरको आनन्द वनमा डढेलो फैलिँदै गएको छ। गोदावरी नगरपालिका–६ आनन्द वनमा डढेलो सल्किएको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए।

उनका अनुसार डढेलोले आन्नद वन कुष्ठरोग अस्पताल जोखिममा छ। लेलेतर्फको जंगलमा लागेको डढेलो फैलिँदै आनन्द वनसम्म आइपुगेको उनको भनाइ छ। 

उनले भने,‘आनन्द वन अस्पतालको करिब पाचँ छ सय मिटर नजिकै डढेलो आइपुगेको छ। आगो नियन्त्रणको प्रयास गरे पनि सुख्खा तथा भिरालो भू–बनोट र तीब्र गतिमामा चल्ने हावाका कारण नियन्त्रणमा लिन मुस्किल भएको छ। सबै ठाउँमा दमकल जाने अवस्था छैन। डढेलो फैलिँदै आएकाले अस्पतालको नजिक सतर्कता अपनाइएको छ। आगो नियन्त्रणका लागि सेना, सशस्त्र, नेपाल प्रहरी, अग्नि नियन्त्रकसहितको टोली परिचालन गरेका छौ। डढेलो नियन्त्रणको प्रयास जारी छ।’

प्रकाशित: १८ वैशाख २०८१ १०:२५ मंगलबार

आनन्द वनमा डढेलो फैलिँदै ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनाल