कुनै समय देश बदल्न राजनीति प्रणाली बदल्नुपर्छ भन्ने विश्वासले बन्दुक बोक्न तम्सिएकी दोलखाकी देवी खड्का नागरिक नायक २०८१ बाट सम्मानित भएकी छिन्।
उनलाई नेपाल रिपब्लिक मिडिया लिमिटेडका अध्यक्ष विनोदराज ज्ञवाली र एनसेलका प्रमुख कार्यकारी निर्देशक तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले संयुक्त रूपमा मंगलबार ललितपुरको पाटनदरबार स्क्वायर क्षेत्रमा आयोजित एक औपचारिक कार्यक्रममा ‘नागरिक नायक २०८१’ बाट सम्मान गरेका हुन।
द्वन्द्वकालमा राज्य पक्ष र विद्रोही पक्ष दुवैतर्फबाट बलात्कारका सिकार हुने महिला तथा पुरुषहरुको पहिचान गर्ने, तिनलाई शारीरिक तथा मानसिक उपचार गर्ने मात्र नभएर कानुन नै बनाएर उनीहरुलाई पनि पहिचान दिने कार्यमा विगत आधा दशकदेखि सक्रिय भूमिका निभाए उदाहरणीय बनेकी खड्कालाई नेपाल रिपब्लिक मिडियाले नागरिक नायक २०८१ बाट सम्मान गरेको हो।
प्रकाशित: ११ वैशाख २०८१ १८:३८ मंगलबार