२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

नागरिक नायक–२०८१ घोषणा हुँदै

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १६ औं वर्ष प्रवेशको अवसरमा मंगलबार साँझ विशेष कार्यक्रम माझ नागरिक नायक २०८१ घोषणा गर्ने भएको छ।

मिडियाले स्थापनाको दोस्रो वर्षदेखि समाज परिवर्तनका लागि उल्लेखनिय भूमिका निर्वाह गरेका व्यक्ति र संघसंस्थालाई ‘नागरिक नायक’ को उपाधिले सम्मान गर्दै आएको हो।

मिडियाले आफ्नो १५ औँ वार्षिकोत्सव तथा १६ औं वर्ष प्रवेशकाे अवसर पारेर नेपाली समाजका लागि उत्कृष्ट योगदान पुर्‍याउने व्यक्ती र संघसंस्थालाई सम्मान गर्न लागेको हो ।

नागरिक नायक घोषणा कार्यक्रम साँझ ५ बजेबाट ललितपुरस्थित पाटन दरबार स्क्वायरमा सुरु हुँदैछ।

नेपाल रिपब्लिक मिडियाले समाज परिवर्तनका लागि संघसंस्था र व्यक्तिहरुले गरिरहेको अथक मेहनत, प्रयास र सफलतालाई प्राथमिकतामा राखेर नायकहरुको पहिचान गर्दै आएको छ। त्यस्ता व्यक्ति र संघसंस्थालाई सम्मान गरेर व्यक्ति, संघसंसथा र समुदायलाई उत्प्रेरित गर्ने उद्देश्यका साथ नागरिक नायक घोषणा गर्दै आइएको हो।

समाजमा सक्रिय रहेका तर नचिनिएका कतिपय अनुसार र संघसंस्थाहरुलाई उत्खनन गर्ने र उनीहरुले कोरेका सफलताका कथाहरुलाई उजागर गर्दै समाजलाई उत्प्रेरित गराउने अभियानको रुपमा नागरिक नायक सम्मानलाई लिइएको छ।

समाज, समुदाय, देशका विभिन्न क्षेत्रमा क्रियासिल तथा सक्रिय व्यक्ति र संघसंस्थाहरुबाट छनौट भएका व्यक्तिहरुमध्येबाट तीन जनालाई नागरिक नायकको सम्मान दिइदै आइएको छ।

यसअघि डा.गोविन्द केसी,महाविर पुन, खैरुन निसा, यन्दिरा सापकोटा, डा. सन्दुक रुइत, रामेश्वरप्रसाद खनाल, रामप्रसाद श्रेष्ठ,फुलकुमारी योञ्जन श्रेष्ठ,पासाङ शेर्पा,धुर्मुस सुन्तली, सत्यमोहन जोशी, पुर्ण गौतम,पवन सिंधानिया श्रीजंग शाह,दिनेश तामाङ, विनोद शाही, मुस्कान खातुन, टेकु अस्पताल, रबिन्द्रलाल चौधरी, सत्यनारायण महतो (आलोक),विष्णु गौतम,छिटुप दोर्जि लामा नागरिक नायक भइसकेका छन्।

प्रकाशित: ११ वैशाख २०८१ १५:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App