२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

भूमिविद्: जुगमनी चौधरी

यो पनि पढ्नुहोस्

नारी दिवस विशेष: प्रजातन्त्रकालका प्रेरक युवा महिला

यो पनि पढ्नुहोस्

नारी दिवस विशेष: प्रजातन्त्रकालका प्रेरक युवा महिला

यो पनि पढ्नुहोस्

नारी दिवस विशेष: प्रजातन्त्रकालका प्रेरक युवा महिलाजग्गाका पुराना स्रेस्ता खोजबिन गर्छिन्। गाउँपालिकाले गर्ने जग्गाको निस्सा वितरणमा पूरै संलग्न हुन्छिन्। नापी कार्यमा फित्ता लिएर आफैं अघि सर्छिन्। कम्प्युटरमा तथ्याङ्क प्रविष्ट गर्छिन्।

भूमिहीन र अव्यवस्थित बसोबासीको जानकारी र तथ्याङ्क लिएर आफैं राष्ट्रिय भूमि आयोगको वेबसाइटमा राख्छिन्। जमिनको स्याटेलाइट इमेजबारे पनि जानकारी छ उनलाई। यसरी हेर्दा जुगमनी चौधरी जग्गाबारे ससानो विज्ञ नै हुन् भन्दा हुन्छ ।

त्यसो त थारू भूमिपुत्र हो पश्चिम नेपालको। जुगमनीका बाबु पनि किसान हुन्। त्यसैले किसानको मर्का उनले राम्रैसँग अनुभूत गर्न पाएकी छिन्।

खासगरी किसान र भूमिहीनले भोग्नुपरेका समस्या समाधानका लागि २०६६ सालदेखि नै क्रियाशील जुगमनी त्यतिबेलैदेखि भूमि अधिकारबाट वञ्चितहरूको समस्या समाधानका लागि जुटेकी हुन्।

उनको गाउँपालिका दङ्गीशरणमा १६३ जना दलित भूमिहीन छन्। १९६ जना गैरदलित भूमिहीन छन्। अनि ३४५१ जनाचाहिँ अव्यवस्थित बसोबासी छन्। यतिबेला उनी यिनै भूमिपीडितको समस्या समाधानार्थ जग्गा नापीको काममा जुटिरहेकी छिन्। जसमा सरकारीदेखि गैरसरकारी निकायसम्मका प्रतिनिधि सामेल छन्।

त्यति मात्र हैन, उनी पहिलेका आयोगले सल्ट्याउन नसकेका समस्यासमेत यो भूमि आयोगमार्फत सल्ट्याउने प्रयासमा छिन्। भूमिहीन भए पनि विभिन्न कारणले आयोगमा निवेदन दिन छुटेकाहरूबारे सोधखोज गर्दै हिँड्छिन् र पत्ता लगाएर आवश्यक कागजपत्र जुटाइ दर्ता गरिदिन्छिन्। समस्या पहिचान गर्नेदेखि प्रमाण खोज्ने हुँदै कम्प्युटर/वेबसाइटमा दर्ता गर्नेसम्मका काम आफैं गछिन्।

यो पनि पढ्नुहोस्

नारी दिवस विशेष: प्रजातन्त्रकालका प्रेरक युवा महिला

प्रकाशित: २५ फाल्गुन २०८० ०९:३८ शुक्रबार

जग्गाका पुराना स्रेस्ता भूमिविद्