१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

वडावासीलाई घर–घरमै गएर उपचार गदै माई नगरपालिका

वडावासीको घर–घरमै पुगेर स्वास्थ्य जाँच गर्दै टोली । तस्बिर: नागरिक

इलामको माई नगरपालिका–७ वडा कार्यालयले वडाका रोगी–बिरामीको घर–घरमै पुगेर उपचार गरिरहेको छ। रोगले ग्रस्त भई समस्यामा परेका बिरामीको घर–घरमै पुगेर स्वास्थ्यकर्मीले उपचार गरिरहेका हुन्। 

टोलीमा वडाध्यक्षसहित जनप्रतिनिधि पनि सहभागी छन्।वडाध्यक्ष बुद्धिप्रसाद खनालले विशेष गरी ज्येष्ठ नागरिक र असक्तलाई उपचारमा अस्पतालसम्म जान समस्या पर्ने गरेकाले घर–घरमै पुगेर जाँच गरी औषधि दिएको बताए।तर,वडावासी बिरामी सबैको उपचार र जाँच गरिने उनले बताए। 

‘असक्त भएका कारण वर्षाैंदेखि रोग पालेर बस्न बाध्यवडावासीलाई सक्दो सहयोग गरेका हौँ,’ वडाध्यक्ष खनालले भने, ‘सम्भव हुने जाँच र उपचार घरमै गरिन्छ, थप औषधि र उपचार गर्नुपरे अस्पताल जान चिकित्सकले सुझाव दिन्छन्।’ 

असक्त र ज्येष्ठ मात्र नभई वडावासी जो बिरामी छ, उनीहरूको घरमै पुगेर उपचार गरिदिने उनको भनाइ छ। ‘आवश्यक परेका ठाउँमा औषधि पनि दिँदैछौं,’ उनले भने, ‘यो सेवा अब निरन्तर नै हुनेछ।’ वडाले यसअघि पनि ६० वर्षभन्दा माथिका सबै नागरिकको स्वास्थ्य बिमा गरिदिएको छ । स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच बढाउन आफूहरूले प्रयास गरेको वडाध्यक्ष खनाल बताउँछन्। 

‘गाउँघरमा गरिबी, चेतनाको कमी र अशिक्षाका कारण मानिसको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भइरहेको हुन्छ,’ उनले भने, ‘यस्तो अवस्था अन्त्य गर्न चिकित्सकले घर–घरमै पुगेका बेला गाउँलेलाई स्वास्थ्य सल्लाह पनि दिन्छन्।’

प्रकाशित: ५ माघ २०८० १४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App