२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

थेम्स इन्टरनेसनल कलेजमा‘क्रियटर्स च्याम्पियन’

नेपाल रिपब्लिक मिडियाले ‘क्रियटर्स च्याम्पियन’ कार्यक्रम बुधबार थेम्स इन्टरनेसनल कलेजमा गरेको छ। मिडियाले युवाहरूबाट देश बनाउने आइडिया लिने उद्देश्यले ‘म नागरिक म बनाउँछु नेपालु भन्ने नाराका भएको क्याप्पेनमा बुधबार थेम्सका विद्यार्थीहरूको उत्साहजनक सहभागिता जनाएका छन्।

पूर्वबैंकर अनिलकेशरी शाहले बुधबार थेम्स कलेजमा आयोजित कार्यक्रममा बोल्दै युवाहरूले मुलुकलाई विश्वमा चिनाउने खालको काम गर्नुपर्ने बताए।

‘नेपालकी मेनुका पौडेलले इन्डियन आइडल सांगीतिक कार्यक्रममा नेपालको नाम विश्वभरि फैलाउँदै आइरहनुभएको छ,’ उनले भने, ‘तपाईहरूले पनि नेपालको नाम विश्वभर चिनाउने गरी गर्नुपर्ने बेला भइसकेको छ।’

उनले अहिलेका युवा पुस्ताहरूले धैर्य र सोचविचार गरेर अघि बढ्नुपर्ने बताए।

‘अरूले के गर्‍यो भनेर बस्ने होइन। हामीले देशका लागि के गर्‍यौ भन्ने सोचसहित अघि बढ्न जरुरी भइसकेको छ,’ उनले भने, ‘नेपालकी मेनुका पौडेल र पर्वतारोही निर्मल पुर्जाले जसरी विश्वभरि नै नेपालको नाम चिनाउने प्रयास गरिरहेका छन्। त्यसैगरी तपाईहरूले पनि मुलुकको नाम राख्नेतर्फ अग्रसर हुनेतर्फ अघि बढ्नुहोस्।’

मिडियाले यसअघि क्रियटर्स च्याम्पियन कार्यक्रम विराटनगर, बुटबल र काठमाडौंको एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा गरिसकेको छ।

मिडियाले नेपाल कस्तो बनाउने भन्नेबारे युवाहरूबाटै नयाँ खालका आइडिया लिने उद्देश्यले क्रियटर्स च्याम्पियन कार्यक्रम गर्दै आइरहेको छ।

मिडियाका अनुसार उत्कृष्ट भिडियो बनाउनेलाई नगद तीन लाख रूपैयाँसम्मको पुरस्कारको व्यवस्था गरेको जनाएको छ। मिडियाका अनुसार देश कसरी बनाउने भन्ने आइडियासहितको भिडियो पठाउँदा १६ देखि २६ वर्ष मुनिका युवा तथा विद्यार्थीहरू सहभागि हुन सक्नेछन्।

प्रकाशित: ५ पुस २०८० ०१:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App