२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

गोरुसिङ्गेमा घाईते भएकाहरुको नाम खुल्यो

कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर २ गोरुसिङ्गेमा दुर्घटनामा परी घाइते भएकाहरुको नाम खुलेको छ।

मंगलवार साँझ ६ बजेतिर बसले ट्रकलाई ठक्कर दिएपछि घाईते भएकाहरुको नाम खुलेको हो। दाङबाट बुटवलतर्फ जादै गरेको बसले रोकी राखेको ट्रकलाई ठक्कर दिँदा ४ जना गम्भीर घाईते भएका थिए।

घाइते हुनेमा बस चालक लमही नगरपालिका ३ का चन्द्र प्रसाद चौधरी, राप्ती नगरपालिका ८ बिलौरीका २० वर्षिय हेमन्त ओली, घोराही नगरपालिका–१५ बागटीकी २७ वर्षिया सिता पुन र वाणगंगा नगरपालिका ६ का ५५ वर्षिय मीन प्रसाद पाण्डेय रहेका छन्। घाइते चारै जना बसको क्याबिनमा च्यापिएका थिए।

गम्भीर घाईतेसहित १० जनाको बुटवल स्थित चौराहा अस्पतालमा उपचार भईरहेको जिल्ला ट्राफिक कार्यालयका ट्राफिक प्रहरी निरिक्षक अनिश भन्डारीले बताए।

घाईतेहरुको स्वास्थ्य स्थितिमा सुधार आईरहेको उनले भन्दै उनले सामान्य घाइते ५ जनाको गोरुसिङेमा उपचार पछि घर फर्केको बताए।

ना ५ ख ९६४१ नम्बरको बसले गोरुसिंग स्थित मल्ल स्टाफ होटल अगाडी रोकी राखेको ना ८ ख १९९४ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो। बसमा च्यापिएर फसेको घाईते यात्रुहरुलाई प्रहरी र नेपाली सेनाको टोलीले क्रेनको सहायताले बाहिर निकालिएको थियो।    

प्रकाशित: ४ पुस २०८० ०५:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App