२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

जब सात वर्षे छोराले बाबु युक्रेनमा मारिएको खबर सुने...

आफ्नै वडा कार्यालयबाट ‘कल्पनै नगरेको’ फोन आउँदा इलाम नगरपालिका–९ (साबिक इनपा–५) की याङ्किला शेर्पा अक्क न बक्क भइन्। नौनारी गले। ओठ मुख सुके, सात वर्षे छोराको अनुहार हेरिन्। अहँ, कन्सुलर सेवा विभागमार्फत आएको भनिएको खबर पटक्कै विश्वास लागेन। 

लागोस् पनि कसरी, कसैले अचानक ‘तपाईँको श्रीमान् अब यो धर्तीमा हुनुहुन्न’ भनेर सुनाउँछ भने कुन श्रीमतीले सहजै स्विकार्लान्। पत्याउनु कसरी, नपत्याउनु पनि झन् कसरी। अन्ततः पुष्टि भयो– उनका पति ३२ वर्षे गंगाराम मोक्तान युक्रेनमा मारिए। यो खबर मस्कोस्थित नेपाली दूतावासले समेत पुष्टि गर्‍यो। रुसी सेनामा भर्ना भएको दुई महिना पनि नपुग्दै यो कहालीलाग्दो खबर आउने न याङ्किलाको कल्पना थियो, न उनको परिवारकै। दुःखद खबर आएदेखि परिवार विक्षिप्त छ, गाउँमा सन्नाटा।

अस्ति नोभेम्बर १२ मा याङ्किलाले पतिसँग अन्तिम पटक कुरा गरेकी थिइन्। इमोमार्फत् भएको कुराकानीमा गंगारामले भनेका थिए– ‘युक्रेनमा सात दिन लडाइँ गरेर तीन घण्टाको बाटो टाढा सुरक्षित ठाउँ आएको छु। केही दिन आराम गरेपछि फेरि जानुपर्ने हुनसक्छ।’ गंगारामले आफू लडाइँमा गएको ठाउँको नाम भनेनन्, ‘सीमा क्षेत्र’ मात्रै भने। त्यसअघि उनी १२ दिनसम्म परिवारसँग ‘सम्पर्कविहीन’ थिए। 

युक्रेन युद्धमा मारिएका गंगारामका सात वर्षे छोरो पाल्देन नजिकैको स्कुलमा कक्षा दुईमा पढ्दै छन्। कसैले सुनाइदिएछ– तिम्रो बुबा गोली लागेर मारिनुभयो रे। बालमस्तिस्कले एकपछि अर्को साथीको मुखबाट यस्तो खबर सुनिरहन सकेन। बुबाको दुःखद खबर पटक–पटक सुन्नुपरेपछि पाल्देन स्कुल जान मानेका छैनन्। जबरजस्ती पठाउनुपरेको छ।

तर, त्यही आवाज याङ्किलाको कानमा गुन्जिरहने अन्तिम आवाज बनिदियो। गंगाराम फेरि युक्रेन गए–गएनन् याङ्किलालाई थाहा छैन। एकैचोटी दुःखद खबर आउँदा उनले अझै शतप्रतिशत पत्याएकी छैनन्। ‘अहिले चाहिँ ९० प्रतिशत पत्याएकी छु,’ उनलाई अहिले पनि पतिको दुःखद खबरमा शतप्रतिशत विश्वास चाहिँ छैन।

सात वर्षे छोरो पाल्देन नजिकैको स्कुलमा कक्षा दुईमा पढ्दै छन्। कसैले सुनाइदिएछ– तिम्रो बुबा गोली लागेर मारिनुभयो रे। बालमस्तिस्कले एकपछि अर्को साथीको मुखबाट यस्तो खबर सुनिरहन सकेन। बुबाको दुःखद खबर पटक–पटक सुन्नुपरेपछि पाल्देन स्कुल जान मानेका छैनन्। जबरजस्ती पठाउनुपरेको छ।

मोक्तानको १५ नोभेम्बर २०२३ मा मृत्यु भएको खबर दूतावासले २४ नोभेम्बर २०२३ मा पुष्टि गर्‍यो। दूतावासले रुसी सेनाका अधिकारीबाट टेलिग्राममार्फत् उनको ‘मेडिकल डेथ सर्टिफिकेट’ पाएको जनाएको छ।

प्रकाशित: १४ मंसिर २०८० ०५:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App