२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

कर्णाली प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा प्रध्यापकहरूको ताला

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रध्यापकहरूले प्रतिष्ठानका पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाएका छन्।

प्रध्यापकहरूले उपकुलपति, रजिस्ट्रार, रेक्टर, डीन र अस्पताल निर्देशकको कार्यकक्षमा ताला लगाएका हुन्।

करार प्रध्यापकहरूलाई स्थायी गर्नुपर्ने माग राख्दै पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाएर रिले अनशन सुरु गरेको प्रध्यापक संघर्ष समितिका संयोजक रवीन्द्र रोकायाले जानकारी दिए। उनका अनुसार पदाधिकारीको कार्यकक्षबाट हुने सबै काम ठप्प छन्।

गत जेठ १४ गतेदेखि करार अध्यापक र प्रध्यापकहरूलाई स्थायी गर्नुपर्ने मागसहित संघर्षका कार्यक्रम सुरु गरेका थिए। उनीहरूले संघर्षको पहिलो चरणमा प्रशासन कार्यालय, नगरपालिका, प्रतिष्ठानका सबै पदाधिकारी, सहकुलपति र कुलपतिको कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका थिए। कुनै पनि सुनुवाइ नभएपछि असार १७ देखि २४ गतेसम्म कालोपट्टी बाँधेर प्रतिष्ठानको काम गरेका थिए।

अध्यापक प्रध्यापक संघर्ष समितिका संयोजक रवीन्द्र रोकायाले कर्णाली प्रतिष्ठानका अध्यापक र प्रध्यापकहरूको मागप्रति प्रतिष्ठान पदाधिकारी र सरकार उदासीन देखिएपछि पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाइएको बताए। उनका अनुसार पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाएसँगै रिले अनशन पनि सुरु भएको छ।

‘साउन ६ गतेसम्म रिले अनशन र पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाउने संघर्षको कार्यक्रम थालिएको छ,’ अध्यक्ष रोकायाले भने, ‘अब पनि सुनवाइ भएन भने थप कडाखाले संघर्षका कार्यक्रम अघि सार्ने तयारीमा छौं।’

प्रकाशित: २४ असार २०८० १२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App