२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

पत्रकार महासंघ कास्कीद्वारा पाँच विद्यार्थीलाई छात्रवृत्ति प्रदान

नेपाल पत्रकार महासंघ कास्कीले पाँचजना विद्यार्थीलाई पत्रकारिता अध्ययनको लागि छात्रवृत्ति प्रदान गरेको छ। यसै आर्थिक वर्षपछि महासंघले छात्रवृत्ति प्रदान गरेको हो।  

पोखराकै जोन्टा क्लब पोखरा र महासंघ बीच छात्रवृत्तिको लागि सम्झौता भएको छ। शनिबार पत्रकार महासंघ कास्कीको १६ औं वार्षिक साधारण सभाको अवसरमा क्लबका अध्यक्ष मोनिका थापा र महासंघ कास्की अध्यक्ष विमला भण्डारीबीच सम्झौता भएको हो। सम्झौता अनुसार क्लबले चारवर्षे स्नातक तहसम्मको अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्ने छ।  

छात्रवृत्तिका लागि महासंघले विद्यार्थी छनोट गरिसकेको छ। छनोट भएका विद्यार्थीहरुमा विन्दु परियार, संगीता केसी, रुथ विक, गणेश रामदाम र विनोद ढुंगाना रहेका छन्। महासंघको साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतान्त्रिक संविधानमा प्रेसमाथिको अंकुश हुुन नहुने स्पष्ट पारे।  

‘संविधान राम्रो, कानून राम्रो हुदैंमा सबै राम्रो हुदैन्। संविधान र कानून कार्यान्वयन महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘कार्यान्वयनको लागि प्रेसमाथिको अंकुश लगाउनु हुदैन।’ लोकतन्त्रले परिकल्पना गरेको प्रेस स्वतन्त्रता भएको उल्लेख गर्दै मुख्यन्त्री पोखरेलले जहाँ प्रेस स्वतन्त्रता हुन्छ त्यहाँ विकास भएको देख्न सकिने प्रष्ट पारे। उनले सत्तामा पुगेपछि कमि कमजोरी हुन्छ भन्दै पत्रकारले ‘वाचडग’ भूमिका निर्वाह गर्दै खबरदारी गर्नुपर्नेमा जोड दिए।  

‘जहाँ प्रेस जति शक्तिशाली हुन्छ त्यहाँ विकासको योजना कार्यान्वयनमा आएको हुन्छ,’ उनले भने।  भन्ने अभिव्यक्ति दिए । मुख्यमन्त्री पोखरेलले पत्रकारितालाई विकाससँग जोड्नुपर्नेमा आफनो राय व्यक्त गरे। नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारको सामाजिक सुरक्षाको लागि महासंघले आफनो तर्फबाट विशेष पहलकदमी गर्दै आएको उल्लेख गरे।  

साधारण सभामा सचिव माधव बराल, कोषाध्यक्ष कृष्ण दवाडीले प्रस्तुत गरेको प्रतिवेदन पास गरिएको थियो। २१ महिनाको अवधिमा महासंघले महासंघ भवनमा ईलाईब्रेरी तथा स्रोत केन्द्र स्थापना, लेखनवृत्ति, पत्रकारिता तालिम, कोभिडको समयमा पत्रकारलाई राहत लगायतका कार्यक्रम गरेको जनाइएको छ। 

प्रकाशित: २४ मंसिर २०७९ १०:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App