२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन्।

भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार माेदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन्।

नेपालले २ जेठमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानकाे तयारी गरेकाे छ। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी माेदीबीच लुम्बिनीमा भेट हुने ठानिएकाे छ।

प्रधानमन्त्री देउवाले एक महिनाअघि मात्र भारतकाे भ्रमण गरेका थिए। सन् २०१९ मा प्रधानमन्त्रीमा पुनर्निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ।

प्रकाशित: २० वैशाख २०७९ ०१:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App