२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

राजनीतिक स्थायित्वका निम्ति गम्भीर बनौं : प्रदेश प्रमुख शेरचन

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राजनीतिक स्थायित्व, शान्ति र समृद्धिका लागि गम्भीर र जिम्मेवार बन्न सबैलाई आग्रह गरेका छन्। नयाँ वर्ष २०७८ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले राजनीतिक स्थायित्व नै देशको आवश्यकता भएको बताएका हुन्।

ठूलो सङ्घर्षबाट प्राप्त ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धिमार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा प्रेरणा दिने विश्वास व्यक्त गर्दै उनले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सबैले दृढ सङ्कल्प गर्नुपर्ने शुभकामना सन्देशमा उल्लेख गरेका छन्। प्रदेश प्रमुख शेरचनले विश्वव्यापी कोरोना महामारीपछि सामान्य जीवनमा फर्किएर आफ्ना नियमित क्रियाकलाप अघि बढाइरहँदा फेरि कोरोना जोखिम बढेको उल्लेख गर्दै सचेत र सतर्क रहन सबैमा आग्रह समेत गरेका छन्।

प्रकाशित: १ वैशाख २०७८ ११:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App