२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

नक्सा पास गरेर मात्रै जनजागरणलाई मत्थर पार्ने काम नहोस्ः विप्लव

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले निरन्तर सङ्घर्षको दबाबमा आएर सरकारले लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा पारित गरेको बताएका छन्। आइतबार एक विज्ञप्ति जारी गर्दै सरकार र संसद्को यो निर्णयले देशको हितमा एक कदम भए पनि अगाडि बढेको बताएका छन्। ‘नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी र क्रान्तिकारी शक्तिहरूले निरन्तर सङ्घर्ष गर्दै आएकाले जनमत र सङ्घर्षको दबाबमा परेर केपी ओली सरकार ५८ वर्षदेखि गुमेका नेपालका भूभाग लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको नक्सा संसद्बाट पास गर्न बाध्य भएको हो।’ विज्ञप्तिमा भनिएको छ।

तर नक्सा पास गरेर मात्रै जनजागरणलाई मत्थर मात्र पार्ने कार्यमा सीमित नरही यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक रहेको उनले बताएका छन्। साथै उनले आमनागरिकहरूले सरकारको मुख मात्र नताकेर देशको सार्वभौमिकता र स्वाधीनताका पक्षमा हरदम जागरुक हुन पनि आह्वान गरेका छन्।

प्रकाशित: ३२ जेष्ठ २०७७ ०७:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App