२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

गगनको टिप्पणी: प्रधानमन्त्रीले एमालेसँग हुँदा कांग्रेससँग हातखुट्टा तन्काएपछि...

विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस महामन्त्री गगन थापा। तस्बिरः चुमन बस्नेत/नागरिक

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान जोगाउने जिम्मेवारी कांग्रेसको भएको बताएका छन्।

आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै थापाले कांग्रेसको नेतृत्वमा संविधान जारी भएकाले कांग्रेसले कसैलाई देखाउन नभई देश र जनताका लागि संविधान निर्माण गरेको स्पष्ट पारे।

थापाले भने,‘हामीले कसैलाई देखाउन हैन देश र जनताका लागि संविधान निर्माण गरेका हौं । यसलाई जोगाउने जिम्मेवारी हाम्रो हो।’ उनले संविधानमा भएको संघीय गणतन्त्रान्त्रीक शासन व्यवस्थालाई थप सुदृढ पार्न संविधान संसोधन गर्न लागिएको स्पष्ट पारे। थापाले सबैको स्वतन्त्रता,धार्मिक, सांस्कृतिक स्वतन्त्रता,समावेशी लोकतन्त्र, समावेशी प्रतिनिधित्व लगायतका सबै विषयलाई थप सुदृढ पार्न मात्रै संविधानको पुनरावलोकन गर्न लागिएको उनले स्पष्ट पारे।

कांग्रेस र एमालेमात्रै मिलेर नभई अन्य दलहरूसँग पनि मिलेर संविधानलाई सुदृढ पार्दै लैजान कांग्रेसले महासमितिको बैठकबाटै पारित गरिसकेको थापाले दाबी गरे। उनले भने‘माओवादीसँग सरकारमा हुँदै हामीले कांग्रेसको नेतृत्वमा संविधान पुनरावलोकन गर्ने निर्णय गरेका थियौं।’ थापाले प्रचण्डको अस्थिर राजनीति चरित्रका कारण अहिलेको अवस्था आएको थापाले बताए।

‘अहिलेको परिस्थित बनेको प्रधानमन्त्रीको अस्थिरताका कारण हो’ उनले भने, ‘एमालेसँग सरकारमा रहँदा पनि यतातिर हातखुट्टा तन्काउन थालेपछि अहिलेको अवस्था बनेको हो।’ थापाले दुई वटा दल मिलेर यसअघि पनि महत्वपूर्ण उपलब्धीहरू हाँसिल गरेको इतिहाँस रहेको थापाले बताए।  

प्रकाशित: २० असार २०८१ १२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App