२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

संविधान संशोधन गर्ने विषयमा ओली र देउवा सहमत

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संविधान संशोधन गर्ने विषयमा सहमत भएका छन्।

एमाले नेतृत्त्वमा सरकार गठनलाई समर्थन गर्ने सहमति अनुसार दुबै नेता संविधान संशोधनका लागि सहमत भएका हुन्।

राष्ट्रिय सहमतिको सरकार बनाउन एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाले संयुक्त रुपमा आह्वान गर्ने लगायत ७ विषयमा सहमति भएका छन्। जसमा संविधान संशोधन पनि मुख्य रहेको छ।

संविधान संशोधन र नागरिकका निराशा चिर्ने गरी कांग्रेस र एमालेबीच गठबन्धन गर्ने सहमति बनेको हो।

संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने दुई नेताबीच समझदारी भएको छ।

यस्तै संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने पनि सहमति भएको बताइएको छ।

साथै संविधानको धारा ७६ को २ अनुसार सरकार गठनका लागि शीर्ष नेताहरूले राति नै  राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

प्रकाशित: १८ असार २०८१ ०६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App