२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

शपथ समारोहमा भाग लिन गएका प्रधानमन्त्री आज स्वदेश फर्किंदै

भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली गएका प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किंदैछन्।

भारतीय प्रधानमन्त्री मोदीको औपचारिक निमन्त्रणमा आईतवार दिउँसो भारत प्रस्थान गरेका उनले भरतमा समकक्षी मोदीको शपथग्रहण समारोहमँ भाग लिनुका साथै शिष्टाचार भेटवार्ता समेत गरेका छन्।

भेटमा दुबैजना बीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो। सो अवसरमा उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो।

प्रधानमन्त्री दाहालसँग कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि गएका छन्।

प्रकाशित: २८ जेष्ठ २०८१ ०८:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App