२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तीन पालिकामा सर्वसम्मत, पाँचमा घम्साघम्सी

नेकपा (एमाले) को अघिल्लो दिन सुरु स्थानीय तहस्तरीय अधिवेशनले जिल्लाका आठमध्ये तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ। लिमचुङबुङ, उदयपुरढी र रौतामाई गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो। लिमचुङबुङमा ज्ञानबहादुर राईको अध्यक्षतामा ३५ सदस्यीय कमिटी निर्माण भएको जिल्ला कमिटी सदस्य राजकुमार राईले बताए।

उनका अनुसार कमिटीका उपाध्यक्षमा केशरमणि राई चयन भएका छन् भने सचिवमा चित्रकुमार राई तथा उपसचिव भविन्द्र राई र विन्दा कार्की राउत छानिएका छन्। गाउँपालिका केन्द्र बाराहामा शुक्रबार बिहान सुरु भई शनिबार बिहान सम्पन्न बन्द सत्रले लामो छलफलपछि सर्वसम्मत कमिटी गठन गर्न सफल भएको राईले बताए।

त्यसैगरी उदयपुरगढी र रौतामाई गाउँपालिकामा पनि सर्वसम्मत कमिटी चयन भएको बताइएको छ। शुक्रबार राति नै सम्पन्न बन्द सत्रले उयदपुरगढीमा यम्बरबहादुर खत्रीको अध्यक्षतामा खेमबहादुर पाचेमगर सचिव रहेको ७५ सदस्यीय कमिटी चयन भएको हो। रौतामाईमा पनि ललित मगर अध्यक्ष र तेजबहादुर थापा सचिव रहने गरी ७५ सदस्यीय कमिटी सर्वसम्मत निर्माण भएको जिल्ला सदस्य राईले बताए।

जिल्लाका चार नगरसहित आठवटा स्थानीय तह सबैमा शुक्रबार एकैचोटि अधिवेशन सुरु भएको थियो । त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगर तथा ताप्ली गाउँपालिकाको अधिवेशन भने नेतृत्व चयनमा विवाद भएकाले टुंगिन बाँकी छ। ती स्थानीय तहमा अध्यक्षका आकांक्षी धेरै देखिएकाले नेतृत्व चयनमा ढिला भइरहेको हो।

सकेसम्म सर्वसम्मत कमिटी गठन गर्ने प्रयास गरिरहेको पार्टीले सम्भव नभए लोकतान्त्रिक पद्धतिअनुसार उदार र स्वस्थ प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्ने विकल्प खुला राखेको जनाएको छ।

सदरमुकाम त्रियुगामा चार जनाले अध्यक्षमा दाबी पेस गरेका छन् भने अन्य चार पालिकामा पनि दाबेदार बढी भएकैले चुनावी प्रक्रियामार्फत कमिटी गठनको प्रक्रियामा जाने बताइएको छ।

प्रकाशित: २७ जेष्ठ २०८१ ०७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App