२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मधेसमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरिँदै

फाइल तस्बिर

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि अहिले बिहान ७ बजे प्रदेश प्रमुख समक्ष दाबी पेस गरिँदैछ।

जनमत पार्टी नेतृत्वमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकार गठनका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष दाबी पेस गर्न लागेका छन्।

नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भरतप्रसाद साहले सामाजिक सञ्जाल फेसबुकमार्फत बिहान ७ बजे सरकार गठनका लागि दाबी पेस र बिहान ११ बजे शपथ ग्रहण कार्यक्रम रहेको जानकारी दिएका हुन्।

प्रदेश प्रमुख भण्डारीले बुधवार संविधानको धारा १६८ को उपधारा २ अनुसार मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको नेतृत्वमा सरकार गठनका लागि आज बिहान १० बजेको समय तोकेर दाबी पेस गर्न आह्वान गरेकी थिइन्।

नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता साहका अनुसार आज बिहान ११ बजे नै मधेस भवनस्थित कभर्ड हलमा मुख्यमन्त्री र मन्त्रीहरूको शपथग्रहण हुनेछ। जनमत पार्टीबाट सतिश सिंह मुख्यमन्त्री बन्दैछन।

प्रकाशित: २५ जेष्ठ २०८१ ०६:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App