२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले सुनसरी अध्यक्ष खनालको निधन

नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ। भारतमा उपचारका क्रममा खनालको निधन भएको हो।

खनाल प्याक्रियाज सम्बन्धीको बिरामी रहेका थिए। उनलाई उपचारका लागि भारतको हैदराबाद लगिएको थियो। उपचारकै क्रममा निधन भएको नेकपा एमाले सुनसरी जिल्ला सचिव राम कोइरालाले बताए।

खनाल जेठ ५ गतेदेखि ७गतेसम्म भएको आठौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए। उनी २०७४ सालमा भएको निर्वाचनमा बराह क्षेत्र नगरपालिकाको मेयर चुनिएका थिए।

खनाल यस अघि एमाले सुनसरीको उपाध्यक्ष थिए।नेता खनालको २६ गते अन्तिम दाहसंस्कार गरिने तय भएको छ। सचिव कोइरालाका अनुसार भारतबाट ल्याउन समय लाग्ने भएकाले गर्दा दाहसंस्कारमा ढिलाइ हुने भएको हो।

प्रकाशित: २४ जेष्ठ २०८१ १६:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App