२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

कोशीको नीति तथा कार्यक्रम जेठ २१ गते सार्वजनिक गरिने

कोशी सरकारले आर्थिक वर्ष ०८१/८२को नीति तथा कार्यक्रम जेठ २१ सार्वजनिक गर्ने तयारी गरेको छ।

सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लब अधिकारीले कोशी सरकारको नीति तथा कार्यक्रम जेठ २१ गते सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिएका हुन्।

आइतबार बसेको कोशी प्रदेशको मन्त्री परिषद्को बैठकले नीति तथा कार्यक्रम स्वीकृत गर्दै प्रदेश प्रमुखलाई जेठ २१ गतेको प्रदेश सभा बैठकमा पढेर सार्वजनिक गर्न अनुरोध गर्ने निर्णय गरेको अधिकारीले जानकारी दिए। आगामी आर्थिक बर्ष का लागि कोशी सरकारले करिब ३०अर्बको बजेट ल्याउने तयारी गरेको छ।

प्रकाशित: २० जेष्ठ २०८१ १७:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App