२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसको नाराबाजीका बीच नीति तथा कार्यक्रममाथि छलफल

प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसदको नाराबाजीका बीच सभामुख देवराज घिमिरेले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल अघि बढाएका छन् ।  

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् । संघीय संसद सचिवालयले नीति तथा कार्यक्रम पारितसहित विभिन्न १४ वटा बुँदालाई समेट्दै कार्यसूची तयार पारेको थियो । 

आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ १ गते प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम टेबल गरेपछि सभामुख घिमिरेले छलफल अघि बढाएका हुन् । 

छलफलमा भाग लिँदै एमालेका विष्णु पौडेलले नीति तथा कार्यक्रम प्रशंसनीय रहेकाले ताली बजाएर समर्थन गर्नुपर्नेमा कांग्रेसका सांसदहरुले विरोध गरेको भन्दै आपत्ति जनाए । उनले नीति तथा कार्यक्रमले ठप्प प्रायः बनेको विकासलाई ट्रयाकमा ल्याउने संकल्प गरेको दाबी गरे ।  

प्रकाशित: १३ जेष्ठ २०८१ १२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App