२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभामा कांग्रेसको नाराबाजी कायमै, सहकारी ठगीमा छानबिन समिति गठन हुनु पर्ने राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रतिनिधि सभामा सहकारी ठगी प्रकरणमा छानबिन समिति गठनको माग गरेको छ ।  

प्रतिनिधि सभाको आइतबारको बैठकमा सुरुमै समय मागेर बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सहकारी पीडितहरुको अवस्थामा गम्भीर बनेकोतर्फ ध्यानाकर्षण गराउँदै सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन आवश्यक रहेको बताए । 

वर्तमान गृहमन्त्री रवि लामिछाने प्रतिपक्षमा रहँदा सहकारी ठगी प्रकरणमा छानबिन आवश्यक रहेको बताउने गरेको स्मरण गराउँदै शाहीले अहिले छानबिन समिति नै गठन नुहुन दुःखद् भएको टिप्पणी गरे । 

उनले भने, 'सहकारीपीडितहरु सडकमा छन् । नेपाली जनतालाई मार्न पाउने अधिकार कसैलाई छैन । मुटु छ कि छैन गृहमन्त्री ज्यू ? डराएको हो ? फिर्ता पठाएको हो ?' 

नेपाली कांग्रेसका सांसदहरुले सहकारी ठगी प्रकरणमा छानबिनको माग गर्दै प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि नाराबाजी गरेका छन् । उनीहरुको नाराबाजीका बीच सभामुख देवराज घिमिरेले बैठक कार्यसूचीमा प्रवेश गराएका छन् । अहिले अर्थमन्त्री वर्षमान पुनःले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । 

प्रकाशित: १३ जेष्ठ २०८१ १२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App