२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

आफ्ना नेतामाथि लगाएको आरोप निराधार भए गृहमन्त्रीलाई संसद्‍बाट गलहत्याउने कांग्रेसको चुनौती

प्रतिनिधि सभामा संबोधन गर्दै कांग्रेस सांसद बद्री पाण्डे

नेपाली कांगेसले संसद्‍मा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने (Rabi Lamichhane)ले गत आइतबार दिएको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन माग गरेको छ ।  

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै कांगेसका सहमहामन्त्री बद्री पाण्डे (Badri Pande) ले उक्त माग गरेका हुन् । सहकारी ठगी प्रकरणमा आफूमाथि लागेको आरोपबारे संसद्‍लाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले लगाएका सम्पूर्ण आरोप निराधार रहेकाले उक्त अभिव्यक्ति संसदको रेकर्डमा रहन नहुने पाण्डेको धारणा थियो । यदि आरोप सत्य हुन् भने प्रमाणित गरेर देखाउन रुलिङ गर्न सभामुखलाई पाण्डेको आग्रह थियो । 

पार्टीका उपसभापति र महामन्त्रीमाथि लगाइएको आरोप निराधार रहेको बताउँदै सांसद पाण्डेले सम्पूर्ण नेतामाथि छानबिन गर्न गृहमन्त्रीलाई चुनौती दिए ।  

राष्ट्रिय सूचना बेच्ने एजेन्टहरु संसदमा छन् भन्ने गृहमन्त्री लामिछानेको आरोपलाई चुनौती दिँदै पाण्डेले भने, 'गृहमन्त्री ज्यू को हो त्यो एजेन्ट देखाउनुहोस् । उसलाई यो सदनबाट गलहत्याउन हामी तपाईंको साथमा लाग्ने छौं । हैन तपाईं निराधार आरोप लगाउँदै हुनुहुन्छ भने हामी तपाईंलाई गलहत्याउन पनि तयार छौं ।'

प्रकाशित: ८ जेष्ठ २०८१ १३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App