२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

कोशीमा १० सदस्यीय मन्त्रीपरिषद् गठन

कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ५ मन्त्री र २ राज्यमन्त्री थप गरेर  आज मन्त्रीमण्डल बिस्तार गरेका हुन्।

मन्त्रिपरिषद् बिस्तार भएसँगै कोशीमा १० सदस्यीय मन्त्रीपरिषद् गठन भएको छ। मन्त्रीहरूको  कार्यविभाजनसमेत गरिएको छ।  

आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालयमा  गणेश उप्रेती, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की, खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयमा एकराज कार्कीले जिम्मेवारी पाएका छन्।

सामाजिक विकास मन्त्रालयमा पाँचकर्ण राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मुख्यमन्त्री आफैं र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगर मन्त्री नियुक्त भएका छन्। राज्यमन्त्रीहरुमा  सिर्जना राईलाई मुख्यमन्त्री कार्यालय र बन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यस अघि वैशाख २७ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेबाट राम राना र माओवादी केन्द्रबाट गणेश उप्रेतिलाई विना विभागिय मन्त्रीमा नियुक्त गरेका थिए। 

प्रकाशित: ४ जेष्ठ २०८१ १६:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App