२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

गृहमन्त्री रवि लामिछानेको प्रश्न: एक पटक बोल्न माग्दा यति घिन लाग्दो मिडिया ट्रायल ?

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले एक पटक प्रतिनिधि सभामा बोल्न पाउनुपर्ने बताएका छन्।

बिहीबार दिउँसो सामाजिक सञ्जालमा लेख्दै लामिछानेले संसद् बैठकमा एकपल्ट बोल्न माग गरेका हुन्। 

उनले लेखेका छन्, 'एक पटक बोल्न पाउनु पर्‍यो।त्यत्ति हो मागेको। यति घिन लाग्दो  मिडिया ट्रायल ?'

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध गर्दै आइरहेको छ।

गृहमन्त्री लामिछानेले भने आफूलाई लागेको आरोपमाथि प्रतिनिधि सभाको बैठकमा बोल्न पाउनुपर्ने बताउँदै आइरहेका छन्।  

प्रकाशित: ३ जेष्ठ २०८१ १७:१४ बिहीबार

#Rabi_Lamichhane