२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

भोलिको संसद बैठकबारे निर्णय लिन कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरू बैठक जारी

फाइल तस्बिर

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरू बैठक अहिले जारी छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ।

सरकारले भोलि जेठ १ गते सङ्घीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको बेला कांग्रेसले माग पूरा नभए नीति तथा कार्यक्रम ल्याउने बैठक अवरोध गर्ने कि नगर्ने भन्नेबारे छलफल गरेर निर्णय गर्न लागेको हो।

प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ।

संसदीय छानबिन समिति गठन नगरे सदन चल्न नदिने कांग्रेसले बताउँदै आएको छ।

प्रकाशित: ३१ वैशाख २०८१ १०:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App