२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

सिन्धुलीमा क्रियाशिल सदस्यलाई प्रशिक्षण दिँदै कांग्रेस

नेपाली कांग्रेस सिन्धुलीले जिल्लाभरका कार्यकर्तालाई प्रशिक्षण दिन थालेको छ। कांग्रेस का क्रियाशिल सदस्यहरुलाई नेपाली कांग्रेस जिल्ला प्रशिक्षण शाखाले प्रशिक्षण दिन थालेको हो। 

दुई नगरपालिका र सात गाँउपालिका रहेको सिन्धुलीमा सबै स्थानीय तहका सबै वडामा पुगेर प्रशिक्षण दिने कार्यक्रम राखेर नेता तथा कार्यकर्ताहरु गाँउगाँउमा परिचालन भएको प्रशिक्षण शाखाका प्रमुख दिपककुमार घिमिरेले जानकारी दिए।

झण्डै एक महिना अगाडी जिल्लाका नेताहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिएर ४२ जना प्रशिक्षकहरु तयार पारि नेपाली काँग्रेस प्रशिक्षण विभागले गाँउगाँउमा प्रशिक्षण दिन खटाएको नेपाली कांग्रेसले जनाएको छ। 

जिल्लाका ७९ वडाकै क्रियाशिल सदस्यहरुलाई प्रशिक्षण दिनका लागि ४२ जना प्रशिक्षकहरु तयार पारि गाँउगाँउमा खटिएका छौ, प्रशिक्षण शाखा प्रमुख घिमिरेले भने, ‘फिक्कल गाँउपालिका, मरिण गाँउपालिका गोलञ्जोर गाँउपालिका र हरिहरपुरगढी गाँउपालिका, दुधौली नगरपालिका भित्रका क्रियाशिल सदस्यहरुलाई प्रशिक्षण दिएका छौ। बाकी कमलामाई नगरपालिकामा छिट्टै जाने योजना छ। जागरुक क्रियाशिल सदस्य, नेपाली काँग्रेसको सुदृढ भविष्य भन्ने नारासहित प्रशिक्षण विभागले प्रशिक्षण दिएको हो।’

प्रशिक्षणमा कांग्रेसको स्थापना, इतिहास कांग्रेसको नेतृत्वमा सरकार हुँदा जनतासामु गरेका मुख्य कामहरु, कांग्रेसका मुख्य नेताहरुको पचिय, राष्ट्रियता लोकतन्त्र र समाजबाद कांग्रेसको सदस्यता आचरण व्यवहार र संगठन गर्दा ध्यान दिनुपर्ने विषय लगायतमा पार्टीको नितीनियमबारेमा प्रशिक्षण दिइएको घिमिरेले बताए।  

कांग्रेस  जिल्ला उपसभापति प्रमुख रहने गरी कांग्रेसले जिल्ला प्रशिक्षण शाखा बनाएको छ। सोही प्रशिक्षण शाखाको अगुवाईमा कांग्रेसले क्रियाशिल सदस्यहरुलाई प्रशिक्षण दिने गरी सक्रियता सिन्धुलीमा बढाएको छ। ‘हामीले पार्टीको सुदृढीकरण, तथा भविष्य, मुलुकको विकासमा कांग्रेसको भुमिका लगायतका विषयमा विभिन्न गोष्ठी छलफल तथा अन्र्तक्रिया कार्यक्रम गर्दै आएका छौ,’ घिमिरले नागरिकसँग भने।

वैशाखसम्म हामी जिल्लाका सबै वडामा प्रशिक्षण दिई सक्ने गरी काम गरिहेको उनको भनाइ छ। जिल्लामा काँग्रेसका झण्डै ९ हजार क्रियाशिल सदस्य रहेकोमा हालसम्म ६ हजार बढीलाई प्रशिक्षण दिई सकिएको कांग्रेसले जनाएको छ। 

प्रकाशित: ३१ वैशाख २०८१ ०९:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App