२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

रास्वपा नेता कार्कीले भने-पटकपटक लेख्छु, आँखा खोलौं

‘म हुन्न भने यो कुर्सी नै भाँचिदिन्छुवालाको संगतले विचार र स्वत्व गुमाउनुपर्छ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले ‘म हुन्न भने यो कुर्सी नै भाँचिदिन्छु’वालाको संगतले आफ्नो विचार र स्वत्व गुमाउनुपर्ने बताएका छन्। एक्स (ट्विटर) मा अभिव्यक्ति सार्वजनिक गर्दै नेता कार्कीले यस्तो बताएका हुन्।

कार्कीले लेखेका छन्,‘म हुन्न भने यो कुर्सी नै भाचिदिन्छुवालाको संगतले पुर्‍याउने ओठे जवाफ सम्मन् हो। तर त्यसको मूल्यमा आफ्नो विचार र स्वत्व गुमाउनुपर्छ।’ यो अभिव्यक्ति कसका लागि हो  भन्ने उनले खुलाएका छैनन्।

‘अनेक गरिन्छ तर सत्ता जोगाइन्छ’ वालाको संगतले पुर्‍याउने सत्तासम्मन् मात्रै भएको कार्कीले उल्लेख गरेका छन्। उक्त अभिव्यक्ति प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि दिएका थिए। उनले अगाडि लेखेका छन्,‘तर त्यसको मूल्यमा आफ्नो सम्भावना र अरुले आफुप्रति गरेको आशा गुमाउनुपर्छ।’

कार्कीले त्यसअघिको आफ्नो स्टाटसको अभिव्यक्तिलाई पनि उल्लेख गरेका छन्।  

‘संसदको रोष्ट्रम घेर्ने क्रममा सांसद टेकबहादुर गुरूङ र ज्ञानेन्द्रबहादुर कार्कीसमेत मिसिएर अहिले सदाचार, पारदर्शीता र कानूनीराज सिकाउँदैछन्,’ उनले लेखेका छन्,‘यो दृष्य दुखद् मात्र होइन, आँखा खोल्नुपर्ने किसिमको पनि छ। आँखा खोलौं।पटकपटक लेख्छु, आँखा खोलौं।’

कार्की रास्वपाभित्र सभापति एवं गृहमन्त्री लामिछानेको एक्लो आलोचकका रूपमा चिनिन्छन्।

प्रकाशित: २९ वैशाख २०८१ ११:४२ शनिबार

National Independence Party (NRAP)