२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

बझाङ उपनिर्वाचन अपडेटः कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै

बझाङ क्षेत्र नं. १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ।

प्राप्त परिणामअनुसार कांग्रेसका उम्मेदवार सिंहले आठ हजार ६ सय २६ मत प्राप्त गरेका छन्। एमालेका दमनबहादुर भण्डारीले आठ हजार तीन सय ९६, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार एक सय ५३ र  नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार दुई सय ८७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए।

हालसम्म जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, सुर्मा गाउँपालिका, थलारा–९ र मस्टा गाउँपालिका–१ र २ को मत गणना सम्पन्न भएको छ। रासस

प्रकाशित: १७ वैशाख २०८१ ०९:११ सोमबार

बझाङ प्रदेशसभा (क) उपनिर्वाचन अभिषेकबहादुर सिंह