२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार पुडासैनी

नेपाली कांग्रेसले बुधबार हुने राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

कांग्रेस संसदीय दल कार्यसमितिको मंगलबार बसेको बैठकले राष्ट्रियसभाको उपाध्यक्षमा पुडासैनीलाई उम्मेदवार  बनाउने निर्णय गरेको हो।

मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीका सम्बन्धबारे संसदीय दलको बैठकमा छलफल भएको थियो। राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको  समय तोकिएको छ।

प्रकाशित: २७ चैत्र २०८० १२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App