२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

संसदको अवरोध हटाउनेबारे नेताहरूबीच बालुवाटारमा छलफल जारी

संसदको अवरोध हटाउने विषयमा प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल जारी छ। नेपाली काँग्रेसले उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेको विषयमा संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने अल्टिमेटम दिएपछि प्रमुख दलका शीर्ष नेताहरू बालुवाटारमा छलफलमा जुटेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल, सत्ता गठबन्धन दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, प्रतिपक्षी काँग्रेसका महामन्त्री गगन थापा, कृष्ण प्रसाद सिटौला सहभागी भएका छन्।

संसद अवरोध खुलाउने विषयमा छलफल जारी रहेकाले आज बस्ने भनिएको संसद बैठकमा पनि ढिलाई भइरहेको छ।

काँग्रेसले छानबिन समिति गठन आफ्नो बटम लाइन भएको यसअघि नै बताइसकेको छ।

प्रकाशित: २७ चैत्र २०८० १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App