विश्वासको मत नपाउने देखिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्।
बिहीबार प्रदेश प्रमुख नजिर मियाँ समक्ष उनले राजीनामा बुझाएका हुन्। राजीनामा बुझाउने उनी स्वयम् प्रदेश प्रमुखको निवासम उपस्थित थिए।
यसअघि उनले विश्वासको मत लिने बताएका थिए। दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको थियो। तर मुख्यमन्त्रीकै आग्रहमा साँझ ५ बजेसम्मका बैठक सारियो। र अन्तिममा प्रदेश प्रमुखलाई राजीनामा बुझाउने निर्णय गरे।
प्रकाशित: २२ चैत्र २०८० १८:४२ बिहीबार