२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

संसदीय समितिमा सांसद बडूले मागे गृहमन्त्रीको राजीनामा

सांसद दिलेन्द्रप्रसाद बडुले सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म गृहमन्त्री रवि लामिछानेले पदबाट बाहिरिनुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडुले गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म पदबाट बाहिरिनुपर्ने बताएका हुन्।

पोखरा बुटवलका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा  १० करोडमा आएको र १ करोड रवि लामिछानेको नाममा आएको भन्ने कुरा छानबिन भइरहँदा गृहमन्त्रीले पदबाट बाहिर निस्केर सहयोग गर्नुपर्ने बताए।

उनले भने, ‘पोखरा बुटवलका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा  १० करोडमा आएको र १ करोड रवि लामिछानेको नाममा आएको भनिएको छ। यसमा छानबिन भइरहेको छ भन्ने छ, यसको छानबिनका लागि उहाँले त्यो छानबिन नकिएसम्म मन्त्रीबाट बाहिर निस्केर सहयोग गर्नुहुनेछ भन्ने हामीले आशा गरेका छौँ।’ 

प्रकाशित: १४ चैत्र २०८० १३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App