२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको विश्वासको मतले गर्दा महिला मन्त्री चौधरीको अमेरिका भ्रमण रद्द

प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मत लिने तयारीले गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आफ्ना अमेरिका भ्रमण रद्द गरेकी छिन्। 

नयाँ गठबन्धनबाट बनेको मन्त्रिपरिषद्को गत २४ गतेको पहिलो बैठकले उनको अमेरिका भ्रमण स्वीकृत गरेको थियो। मन्त्री चौधरीको नजाने भएपछि भ्रमण टोलीको नेतृत्व सचिव सुमनराज अर्यालले गरेका छन्। उनको नेतृत्वमा भ्रमण टोली अमेरिकाको न्यूयोर्क प्रस्थान गरिसकेको छ ।

न्यूयोर्कमा सोमबार र मंगलबार संयुक्त राष्ट्र संघको आयोजनामा हुन लागेको ‘कमिसन अन दि स्टाटस अफ वुमनझको ६८ओैं सत्रमा’मा भाग लिन मन्त्री चौधरीसहितको टोली त्यसतर्फ जाने कार्यक्रम स्वीकृत भएको थियो। 

तर प्रधानमन्त्री पुष्पकमल दाहालले जति सक्यो छिटो विश्वासको मत लिने तयारी गरिरहेकाले उनले आफ्नो भ्रमण रद्द गरेको  बुझिएको छ। 

प्रधानमन्त्री दाहालले विश्वास मत लिने विषयमा नयाँ गठबन्धनका सत्ता साझेदार दलसँग आज छलफल गर्दै छन्। संम्भवत उनले यही बुधवार विश्वासको मत लिने कार्यक्रम छ । 

प्रकाशित: २७ फाल्गुन २०८० ११:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App