२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन भएनन्: सांसद थापा

फाइल तस्बिर

नेपाली काँग्रेसका सांसद दुर्लभ थापाले समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन नभएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

बिहीवारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा बोल्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

उनले सिमित घराना र उद्योगीहरुलाई फाइदा पुगोस् भन्ने हिसावले प्रतिष्थापन विधेयक ल्याउनु नहुने बताए। समितिले निर्देशन दिँदै जाने सरकारले हामीलाई नटेर्ने हो भने समितिमा भएको छलफलको औचित्य नहुने जिकिर गरे।

उनले भने,‘नेपालमा के आधारमा अन्त:शुल्क कर, सबैले बुझेकै छौँ। सिमित घराना र उद्योगीहरुलाई फाइदा पुगोस् भन्ने हिसावले प्रतिष्थापन विधेयक आएको छ। त्योमार्फत बन्द भएका स्टिल उद्योगहरुले यहाँ निवेदन दिइसकेका छन्। यो उद्योगलाई कसरी अघि बढाउन सकिन्छ? कसरी गुणस्तरीय सामग्री दिनुपर्छ भन्नेबारेमा छलफल हुनुपर्छ। निर्देशन दिने र सम्बोधन गरेर अघि बढ्ने दिशामा हामी जानुपर्छ। हामी निर्देशन दिँदै जाने सरकारले हामीलाई नटेर्ने हो भने यहाँ बसेर हामीले छलफल गरेको काम लाग्दैन। औचित्य हुँदैन।’

प्रकाशित: १७ फाल्गुन २०८० १३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App