२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

राज्यले होइन ठग्नेबाट सहकारी पीडितको पैसा असुल्नुपर्छ: आरजु राणा

नेपाली काँग्रेस नेत्रीसमेत रहेकी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले सहकारीको रकम ठगी गर्नेले नै सहकारी पीडितको समस्या समाधान गर्नुपर्ने बताएकी छिन्।

समितिको बैठकमा बोल्दै सभापति राणाले सहकारी पीडितहरूको समस्या राज्यले नभएर सहकारी पिडकहरूबाट पीडितहरूको रकम उठाउनु पर्ने बताएकी हुन्।

‘सहकारी समस्याको समाधान सरकारले दिने होइन,’ राणाले भनिन्,‘ जसले ठगेको छ। त्यही समूहले सहकारी बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ।’

राज्यले सबै पीडितहरूको समस्या समाधान गर्न नसक्ने भन्दै ठगी गर्नेहरूबाट रकम फिर्ता गराएर पहल सरकारले गर्नुपर्ने पनि उनको तर्क छ।

२०७४ सालको सहकारी ऐनले बचत तथा ऋणको कारोबार पाउने गरी ऐन आएको धारणा राख्दै उनले भनिन्, ‘त्योभन्दा अगाडि राष्ट्र बैङ्कको अनुमति लिनुपर्ने व्यवस्था हटेपछि अहिले सहकारीमा भएका ठगीहरू त्यही कानुनलाई सच्याउन सकिन्छ सहकारी समस्या समाधानको लागि नीतिगत सुधारको लागि प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र लेख्नुपर्छ।’

प्रकाशित: ८ माघ २०८० ०७:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App