२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

चीनसँग भएका सम्झौता कार्यान्वयन हुन्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमणले दुई मुलुकबीचको सम्बन्ध थप प्रगाढ बन्ने बताएका छन्।

आइतवार बसेको संसद बैठकमा आफ्नो अमेरिका र चीन भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री दाहालले आगामी दिनमा दुई देशबीचको व्यापार व्यावसाय, पर्यटन, शिक्षा, कृषि लगायतका विषयमा भएका सम्झौताले थप सहज हुने बताए।

उनले विगतमा दुई मुलुकबीच भएका विभिन्न सम्झौताहरू कार्यान्वयन गर्दै लिएर जाने विषयमा प्रतिवद्धता व्यक्त भएको भन्दै चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने विषयमा दुई मुलुकबीचको सम्बन्ध केन्द्रीत रहनेमा चीनले समर्थन जनाएको उल्लेख गरे।

प्र्रधानमन्त्री दाहालले नेपाल सँधै एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको र नेपाल चीनबीचको सम्बन्ध पञ्चलशीलको सिद्धान्त, असल मित्रता, आपसी साझेदारी र सम्मान तथा अन्तर्राष्ट्रिय मूल्य मान्यता र कानूनमा आधारित रहेको पृष्ठभूमिमा दुई मुलुकबीचको सम्बन्ध थप उचाईँमा लैजाने विषयमा दुबै पक्षले गर्नुपर्ने कार्यबारे छलफल भएको पनि जानकारी गराए।

उनले चीनको भ्रमणले झन्डै ४ वर्ष लामो नेतृत्त्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य गरेको भन्दै उच्चस्तरमा भएको द्विपक्षिय वार्ताबाट छिमेकीहरूका संवेदनशील विषयमा नेपालले पालना गर्दै आएको नीतिको पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा द्विपक्षिय सहयोग र सहकार्यलाई तिव्रता दिने बताए।  

उनले दिगो विकासका लक्ष्यहरूको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावहरूबारे नेपाल लगायत अति कम विकसित मुलुकहरूका चुनौती र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा नेपाल यसपटक देखिनेगरी प्रस्तुत गर्न सफल भएको बताए।

यस्तो छ संसदमा प्रधानमन्त्रीले दिएको जानकारीः 

 

प्रकाशित: १४ आश्विन २०८० ०९:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App