२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

एमालेको नाराबाजीपछि संसद बैठक स्थगित

नेकपा एमालेले नाराबाजी गरेपछि आजको संसद बैठक स्थगित भएको छ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफमा चित्त नबुझेको भन्दै एमालेले संसदमा नाराबाजी गरेको छ।  

एमालेका सचेतक महेश बर्तौलाले सरकारले सुन तस्करहरुलाई संरक्षण गर्न समिति बनाउन नचाहेको आरोप लगाएका थिए। उनले आफ्नो पार्टीको माग यथावत रहेको बताएका थिए।

सुन प्रकरणको बिषयलाई लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा जवाफ दिएका थिए। श्रेष्ठको जवाफमा चित्त नबुझेको भन्दै एमालेले संसद अवरुद्ध गरेको हो।

बैठक अब भोलि दिउँसो १ बजे बस्नेछ।

प्रकाशित: २३ श्रावण २०८० १३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App