२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

पछिल्लो सुन तस्करी छानबिनका लागि सरकारले छुट्टै समिति गठन गर्नुपर्छः सांसद पौडेल

सत्तारुढ नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले पछिल्लो सुन तस्करी प्रकरण छानबिनका लागि छुट्टै छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।

प्रमुख प्रतिपक्ष दल एमालेले सो प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारलाई दबाब दिइरहेका बेला उनले पनि सो आवश्यक्ता औंल्याएका हुन्।

मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ सांसद पौडेलले सरकारले प्राविधिक पक्षलाई समेत ख्याल गरेर पूर्वन्यायाधिशको नेतृत्वमा समिति गठन गरी त्यसको निष्पक्ष रुपमा छानबिन गर्नुपर्ने बताए। उनले सो छानबिनलाई निर्मम ढंगले अघि बढाउन संसदले कडा निगरानी राख्नुपर्ने समेत बताए।

सांसद पौडेलले भने, ‘राज्यले यसलाई गम्भिर विषय बनाउनु प¥यो नि। राज्यको जुन ढंगको गम्भिरता हुनुपर्ने हो, त्यो ढंगको गम्भिरता देखिएको छैन। संसदमा छलफल हुनुपर्छ। छानबिन समिति बनाउनु पर्छ। त्यसको टेक्निकल कुरा पनि बुझेका मान्छेहरु राखेर छानबिन समिति बनाउनु पर्छ। छानबिन समिति निष्पक्ष हुनुपर्छ। मैले त पूर्व न्यायाधिशको नेतृत्वमा छानबिन समिति बनाउने, त्यसलाई संसदले निगरानी गर्ने, सम्पूर्ण टेक्निकल पार्टलाई ख्याल गरेर यो सुन तस्करीको जुन पछिल्लो घटना आएको छ । यसको निर्मम ढंगबाट छानबिन गरिनुपर्छ।’

प्रकाशित: १६ श्रावण २०८० ११:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App