२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

रास्वपा र एमालेको अवरोध पछि संसद बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोध पछि संसद बैठक १५ मिनेटको लागि स्थगित भएको छ।

एमाले र रास्वपाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएको भन्दै संसदमा अवरोध गरेका थिए।  

सभामुख देवराज घिमिरेले बजेटको मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको र त्यसक्रममा अर्थमन्त्रीले जवाफ दिने बताएका थिए तर एमाले र रास्वपाले त्यसलाई नमानेर निरन्तर विराध जनाएपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित भएको बताए। 

मंगलबारको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बोल्ने कार्यसूची पनि छ।

प्रकाशित: १२ असार २०८० ०५:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App