२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाली स्वस्थ भएमात्रै नेपाल स्वस्थ हुन्छः प्रदीप पौडेल

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले योग शिक्षालाई देशले राष्ट्रिय अभियानका रुपमा अघि बढाउन आवश्यक रहेको बताएका छन्।

बुधवार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। योग शिक्षालाई देशले राष्ट्रिय नीतिका रुपमा आत्मसाथ गरेर अघि बढ्न आवश्यक रहेको उनको भनाइ थियो।

नेता पौडेलले मानिसले योगलाई आफ्नो जीवनशैलीसँग जोड्नसके मानिस स्वस्थ हुने जिकिर गरे।

उनले स्वास्थ बन्न चाहने मानिस योगसँग जोडिन आवश्यक रहेको बताए। योग शिक्षालाई नेपालको जरा जरासम्म पु¥याउन सक्नुपर्ने उनको भनाइ थियो।

सांसद पौडेलले भने, ‘मानिसले योगलाई आफ्नो जीवनशैलीसँग जोड्न सक्यो, दैनिकीसँग जोड्नसक्यो भने त्यो मानिस स्वस्थ हुनसक्छ। यो प्रमाणित विषय बनिसकेको छ। स्वास्थ बन्न चाहने मानिस योगसँग जोडिन आवश्यक छ। शरीरका विकार निकाल्ने, मस्तिष्कलाई सन्तुलित बनाउने र अर्काको सेवाभावमा समर्पित हुने लक्ष्य राख्नका लागि योग साधाना, ज्ञानले महत्वपूर्ण भुमिका खेल्न सक्छ। त्यसैले योग अभ्यासलाई योग शिक्षालाई नेपालको जरा जरासम्म पु¥याउन सक्नुपर्छ। योग शिक्षालाई देशले राष्ट्रिय अभियानका रुपमा अघि बढाउनुपर्छ। राष्ट्रिय नीतिका रुपमा आत्मसाथ गरौँ। दीर्घरागीहरुलाई राज्यले उपचार गरिदिने कुरा अब असम्भव जस्तो देखिएको छ। त्यसैले अब रोगी हुन नदिने उपाय केके छन् ? कसरी स्वस्थ बनाउने ? भन्ने बारेमा हामीले पहल गर्नुपर्छ, योग साधनासँग जोड्नुपर्छ। नेपाली स्वस्थ भएमात्रै नेपाल स्वस्थ हुनसक्छ। रोग लागेपछि सामाजिक सुरक्षाअन्तर्गत सरकारले सहयोग गर्नुभन्दा रोग लाग्न नदिन के गर्न सकिन्छ ? त्यसमा सरकारले आफ्नो नीतिमा जोड्न आवश्यक छ।’

सांसद पौडेलले नेपाली स्वस्थ भएमात्रै नेपाल स्वस्थ हुनसक्ने र नेपाली स्वस्थ हुनका लागि योगसँग जोडिन आवश्यक रहेको बताए। उनले सामाजिक सुरक्षा अन्तर्गत सरकारले उपचारमा सहयोग गर्ने भन्दापनि रोग लाग्नै नदिने उपायको खोजि गर्न आवश्यक रहेको सुनाए।

प्रकाशित: ६ असार २०८० ०९:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App