२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रपतिको कदम र प्रधानमन्त्री विरुद्ध संसदमा नाराबाजी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले आइतबार संसद अवरुद्ध गर्दै राष्ट्रपति रामचन्द्र पौडेल  र प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध नाराबाजी गरेका छन्।

आइतबार संसद बैठक सुरु भए लगतै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाका सांसदहरुले  राष्ट्रपति रामचन्द्र पौडेल  र प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध नाराबाजी गरेका हुन्।

उनीहरुले ‘राष्ट्रपतिको असंवैधानिक प्रमाणीकरण खारेज गर, संसदको विशेष अधिकार हनन गर्न पाइदैन’ भन्दै नाराबाजी गरेका छन् भने प्रधानमन्त्री दाहाल विरुद्ध पनि भैंसीसँग नेपालको भू–भाग साटन पाइदैन भन्दै नाराबाजी गरिरहेका छन्।

‘देश बेच्न पाइदैन, नागरिकता विधेयक तत्काल संसदमा दर्ता गर, राष्ट्रपतिको असंवैधानिक कदम खारेज गर’ भन्दै नाराबाजी गरका छन्।

प्रकाशित: २१ जेष्ठ २०८० ०७:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App